दिल्लीमा बुधबार ६७ जना मात्रै कोरोना सङ्क्रमित भेटिए

भारतको केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा एक दिनमा ६७ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् । लामो समय कोरोनाभाइरसको महामारीबाट अति प्रभावित सहर नयाँ दिल्लीमा अहिले दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या अत्यन्त न्यून देखिएको हो । दिल्ली स्वास्थ्य विभागले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नयाँ दिल्लीमा कोरोनाभाइरसका कारण थप तीन जनाको मृत्यु भएको छ ।
नयाँ दिल्लीमा कोरोनाभाइरसबाट अहिलेसम्म १४ लाख ३६ हजार ९३ जना सङ्क्रमित भएका छन् । तीमध्ये ५७३ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । कूल सङ्क्रमितमध्ये १४ लाख १० हजार ४७१ जना सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ६१ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् ।
नयाँ दिल्लीमा पछिल्लो एक दिनमा ५२ हजार ५३३ जनाको कोरोना परीक्षण गरिएकामा ०.०९ प्रतिशतमा मात्रै सङ्क्रमण देखिएको थियो । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा अहिलेसम्म कोरोनाभाइरसका कारण २५ हजार ४९ जनाको मृत्यु भएको छ । कूल सङ्क्रमितमध्ये १.७४ प्रतिशतको मृत्यु भएको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धवलशम्शेर छुट्ने भएपछि भद्रकालीमा राप्रपा कार्यकर्ताको भिड (तस्बिरहरू)
-
भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ : मन्त्री अधिकारी
-
आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीबीच छलफल हुने
-
तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइन्छ : मन्त्री गुरुङ
-
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
-
बक्सअफिसको निष्पक्षतामा प्रश्न, सूचीबाट किन गायब भए फिल्म ?