शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीमा बुधबार ६७ जना मात्रै कोरोना सङ्क्रमित भेटिए

बुधबार, १३ साउन २०७८, २३ : २९
बुधबार, १३ साउन २०७८

भारतको केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा एक दिनमा ६७ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् ।  लामो समय कोरोनाभाइरसको महामारीबाट अति प्रभावित सहर नयाँ दिल्लीमा अहिले दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या अत्यन्त न्यून देखिएको हो ।  दिल्ली स्वास्थ्य विभागले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नयाँ दिल्लीमा कोरोनाभाइरसका कारण थप तीन जनाको मृत्यु भएको छ । 

नयाँ दिल्लीमा कोरोनाभाइरसबाट अहिलेसम्म १४ लाख ३६ हजार ९३ जना सङ्क्रमित भएका छन् । तीमध्ये ५७३ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।   कूल सङ्क्रमितमध्ये १४ लाख १० हजार ४७१ जना सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ६१ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् । 

नयाँ दिल्लीमा पछिल्लो एक दिनमा ५२ हजार ५३३ जनाको कोरोना परीक्षण गरिएकामा ०.०९ प्रतिशतमा मात्रै सङ्क्रमण देखिएको थियो । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा अहिलेसम्म कोरोनाभाइरसका कारण २५ हजार ४९ जनाको मृत्यु भएको छ । कूल सङ्क्रमितमध्ये १.७४ प्रतिशतको मृत्यु भएको देखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप