प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षीले दिए बधाई

चीनका प्रधानमन्त्री ली खछ्याङले शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको सफलताको कामना गरेका छन् । चिनियाँ प्रधानमन्त्री लीले नेपाली समकक्षी देउवालाई बुधबार बधाई सन्देश पठाएर कार्यकाल सफलताको कामना गरेका हुन् । बधाई सन्देशमा प्रधानमन्त्री लीले चीन र नेपालबीचको रणनीतिक सम्बन्ध र साझेदारी तथा अनन्तकालसम्म रहिरहने चिनियाँ चाहना भएको बताएका छन् ।
सन्देशमा चिनियाँ प्रधानमन्त्रीले वेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मार्फत सहयोग, कोरोना महामारी नियन्त्रण, त्यसविरुद्धको प्रतिकार्य तथा महामारीका कारण थलिएको अर्थतन्त्रको पुनरुत्थानमा सघाउन चीन क्रियाशील रहने उल्लेख गरेका छन् । साथै उनले पारस्परिक हितका खातिर काम गर्न तथा चीन र नेपालबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ तुल्याउँदै नयाँ उचाइ चुम्ने अभिलाषा प्रकट गरेका छन् ।
नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवालाई उक्त मन्त्रालयमार्फत आफ्ना प्रधानमन्त्रीको सन्देश आजै परराष्ट्रका अधिकारीलाई बुझाएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाबाट चार प्रतिस्थापन विधेयक बहुमतले पारित
-
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
-
प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक
-
गणतन्त्रको पक्षमा हेटौँडामा एमालेको प्रदर्शन (तस्बिरहरू)
-
इजरायली प्रधानमन्त्रीद्वारा कानूनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त
-
रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत