शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रिलायन्स लाइफद्वारा २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी

बुधबार, १३ साउन २०७८, २१ : ५८
बुधबार, १३ साउन २०७८

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ । 

कोहलपुर नगरपालिकाका सर्जन बिकको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बीमितको इच्छाइएको व्यक्ति श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो । 

दावी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका संचालक समितिका अध्यक्ष तारा चन्द केडिया, संचालक जगदीश कुमार अग्रवाल लगायत कम्पनीका पदाधिकारीको उपस्थिति रहेको थियो ।

कम्पनीले हाल सम्म आठ करोड तेइस लाख बराबरको दावी रकम भुक्तानी गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप