शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर स्टील बन्यो ३६ एमएममा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल पहिलो नेपाली कम्पनी

बुधबार, १३ साउन २०७८, २१ : ५३
बुधबार, १३ साउन २०७८

काठमाडौं । प्रिमियर स्टील ३६ एमएम समूहमा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल पहिलो नेपाली कम्पनी भएको छ । ३६ एम एमको छड ठूला परियोजनाहरु जस्तैः हाइड्रो पावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग गर्ने गरिन्छ । यस अघि ३० एम एमको छड छिमेकी मुलुक भारतबाट वा अन्य मुलुकहरूबाट आयात हुँदै आएको थियो । 

प्रिमियर स्टीलले एफई ५००, एफई५००डी ग्रेडेड टीएमटी रबर, टोरकरी स्टील, बाइन्डिङ वायर तथा एसडब्लुजीको प्रयोग गरी उत्पादन गर्दै आएको छ । प्रदेश नम्बर १ को सबैभन्दा ठूलो स्टील कम्पनीका रुपमा स्थापित यस कम्पनीले दैनिक ८०० मेट्रिक टन उत्पादन क्षमता राख्दछ । कम्पनीले ८ एम एमदेखि ४० एम एमसम्मका छडहरुको उत्पादन गर्दै आएको छ ।  

प्रिमियर स्टिलका सेल्स एण्ड मार्केटिङ्ग डाइरेक्टर सौरभ सारडाले प्रिमियम बिलेटहरुको मात्र प्रयोग गरेर टीएमटी बार उत्पादन गर्दै आएको र यसले गर्दा उत्पादनहरु उच्च स्तरीयताको सुनिश्चितता प्रदान गर्न सक्षम भएको बताए । ३६ एम एम नेपाल गुणस्तर प्रमाण प्राप्त डन्डी पनि यसको एक ज्वलन्त प्रमाण भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप