शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा भोलिदेखि लगाइने भनिएको जोन्सन खोप अभियान स्थगित

बुधबार, १३ साउन २०७८, २१ : ४०
बुधबार, १३ साउन २०७८


धरानमा साउन १४ गतेदेखि लगाइने भनिएको कोरोना विरुद्धको अमेरिकन जोन्सन खोप केही समयको लागि स्थगित भएको छ ।  साउन १४, १५ र १६ गते तिन दिनसम्म कोरोना विरुद्धको खोप जोन्सन लगाइने भनिएको थियो । 

मेयर तिलक राईका अनुसार भोलिदेखि लगाइने भनिएको जोन्सन खोप जिल्ला स्वास्थ्य कार्यालयमा आइनपुगेको कारण स्थगित गर्न परेको हो । मेयर राईले अब जिल्ला स्वास्थ्य कार्यालयमा खोप आईपुगेपछि मात्र धरानमा जोन्सन खोप लगाइने जानकारी दिए । उनका अनुसार जोन सन खोप धरानमा ५ हजार आउने छ । 

आउँदो आइतबारसम्ममा जोन्सन खोप आइपुग्ने बताइएको छ । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार जोन्सन खोप धरान आईपुगेपछि ५० वर्षदेखि ५४ वर्ष उमेर समूहकालाई लगाइने छ । साथै, जोन्सन खोप अति अशक्त अपाङ्गता भएका नागरिकहरू, स्वास्थ्य संस्थामा कार्यरत छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई लगाइने छ ।

यस्तै, साउन १२ गतेदेखि लगाउन सुरु गरिएको भेरोसेल खोप आज सकिएको छ । स्वास्थ्य महाशाखाका अनुसार १२ गतेदेखि सञ्चालन गरिएको धरानमा ११ हजार नागरिकहरुले खोपको पहिलो मात्रा लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप