स्वास्थ्य राज्यमन्त्रीलाई अर्थमन्त्रीको आग्रह : खोप तत्काल खरिद गरौँ, बजेटको कमी हुन दिन्न

अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । बुधवार स्वास्थ्य राज्यन्त्री उमेश श्रेष्ठसँग अर्थमन्त्रालयमा छलफल गर्ने क्रममा उनले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न आग्रह गरे । खोप खरिदको लागि पैसाको कुनै कमी हुन नदिने भन्दै मन्त्री शर्माले जुन जुन देशबाट खोप लिन सकिन्छ अहोरात्र वार्ता गरी खोप भित्र्याउन सुझाव दिए ।
असोजभित्र खोप दिन सकिएन भने मुलुकको अर्थतन्त्र समेत धरापमा पर्नसक्ने भन्दै उनले खोप खरिदको लागि बजेटको कमी हुन नदिने बताए । देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएकाले विकास निर्माणको लागि विनियोजन गरिएको बजेट समेत रकमान्तर गरेरै भएपनि खोप खरिदमा लगाइने प्रतिवद्धता व्यक्त गरे । मन्त्री शर्माले प्राप्त भएका खोप समेत लक्षित समुदायलाई दिने कार्यमा ढिलाई भएकोमा असन्तुष्टि व्यक्त गरे ।
छलफलमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने प्रतिक्रिया दिए । उनले सम्भव भएसम्म चाडो खोप खरिद गर्ने काममा कुनै विलम्ब नहुने बताए । प्राप्त भएका खोप लगाउनको लागि कार्ययोजना बनाइएको र अब योजनावद्ध रुपले खोप कार्यक्रमले गति लिने विश्वास राज्यमन्त्री श्रेष्ठले दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलोपटक मनाइयो राष्ट्रिय याक दिवस
-
शेख हसिनाविरुद्ध बङ्गलादेशले माग्यो रेड कर्नर नोटिस
-
काठमाडौँ महानगरपालिकाले 'एनजी' आएको विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गर्ने
-
प्रदर्शनमा देखिएनन् राप्रपाका शीर्ष नेता, विक्रम पाण्डे निषेधित घेरासम्म पुगेर फर्किए
-
तस्बिरमा हेर्नुहोस् राप्रपाको प्रदर्शन
-
६ वर्षमा १०औँ प्रमुख प्रशिक्षकको खोजीमा पाकिस्तान क्रिकेट बोर्ड