विप्लव समूहको दौडधूप जारी, पोखरेलसँग भेटवार्ता
बुधबार, १३ साउन २०७८, २१ : २८
नेकपाका नेताहरुको काठमाडौँमा राजनीतिक दौडधूप जारी रहेको छ । बुधबार नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाले नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् । एमाले केन्द्रीय कार्यालयमा भएको आज साँझ भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ । विप्लव काठमाडौं बाहिर रहेकाले बाँस्तोलाले एक्लै पोखरेलसँग भेटवार्ता गरेका हुन् ।
विप्लव समूहले केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि लबिङ गरिरहेको छ । त्यस्तै, जनमत संग्रहको एजेन्डालाई पनि अघि सारिरहेको छ । उनीहरुले यसअघि माओवादी अध्यक्ष प्रचण्डदेखि राप्रपा अध्यक्ष कमल थापासम्मलाई भेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस