शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा कोरोना : ६५ डिस्चार्ज हुँदा ५९ थपिए

बुधबार, १३ साउन २०७८, १९ : २३
बुधबार, १३ साउन २०७८

कर्णाली प्रदेशमा बुधबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ५९ जना थपिँदा ६५ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।  यो सँगै कर्णालीमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या २८ हजार १६ पुगेको छ भने ६३४ जना सक्रिय संक्रमित रहेका छन् । 

आज ६७ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा  ३४ जना र १३९ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा २७ जना कोरोना पुष्टि भएको हो ।  बुधबार सबैभन्दा धेरै प्रदेश राजधानी समेत रहेको सुर्खेतमा  १५ जना कोरोना संक्रमण देखिएको छ।  यस्तै जुम्लामा १३, कालिकोटमा ८, मुगुमा ७,  रुकुम पश्चिम र  दैलेखमा ५÷५ हुम्लामा २ सल्यानमा २ र अन्य ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

बुधबार कोरोना संक्रमण देखिनेमा पुरुषभन्दा महिलाको संख्या धेरै रहेको छ ।  यस्तै प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६१ रहेको छ भने बुधबार कोरोनाका कारण कसैले ज्यान गुमाएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप