बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ

बुधबार, १३ साउन २०७८, १९ : १८
बुधबार, १३ साउन २०७८

लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । बुधबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा लुम्बिनी प्रदेशमा प्रमुख अमिक शेरचन र गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप