शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरले वितरण गर्‍यो ३८ किसानलाई दुध दुहुने र घाँस काट्ने मेसिन

बुधबार, १३ साउन २०७८, १८ : ४३
बुधबार, १३ साउन २०७८

भरतपुर महानगरपालिकाले किसानहरुका लागि दुध दुहुने र घाँस काट्ने मेसिन वितरण गरेको छ । महानगरपालिकाले १७ किसानका लागी दुध दुहुने र २१ किसानका लागी घाँस काट्ने मेसिन बितरण गरेको हो । भ्याट बाहेक १ लाख १० हजार रुपैया लागतको दुध दुहुने मेसिन ७५ प्रतिशत अनुदान र ३० हजार पर्ने मेसिन ५० प्रतिशत अनुदानमा वितरण गरिएको महानगरपालिकाले जनाएको छ ।  

गत आर्थिक वर्षको च्याफकटर कार्यक्रम अन्तर्गत ११ वटा सत प्रतिशत अनुदान र चालू आर्थिक वर्षको ५० प्रतिशत अनुदानमा १० वटा मेसिन वितरण गरिएको हो । त्यसमध्ये  १७ जना किसानलाई मिल्किङ मेसिन  वितरण गरिएको महानगरका पशु सेवा शाखाका अधिकृत मेखराज ढकालले बताए ।

वितरण गरिएको दुध दुहुने मेसिन र घाँस काट्ने मेसिनले किसानलाई धेरै सहजता दिलाउने महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप