बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुन पसल लुट्ने प्रयासमा संलग्न ६ जना पक्राउ

बुधबार, १३ साउन २०७८, १८ : २३
बुधबार, १३ साउन २०७८

मोरङ प्रहरीले मोरङको सुन्दरहरैंचा १० मा रहेको शिव पाञ्चायन ज्वेलर्समा लुटने प्रयासमा संलग्न ६ जनालाई पक्राउ गरी आज सार्बजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आज उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो ।

प्रहरीले हतियार देखाई सुन पसल लुट्ने प्रयासमा संलग्न संखुवासभा सभापोखरी गापा ४ घर भई हाल इटहरी उपमहानगरपालिका २० तरहरामा डेरा गरी बस्ने ३९ वर्षीय प्रकाश भन्ने चन्द्रबहादुर राई, सुनसरी गढी गाउँपालिका वडा नम्बर ०१ बस्ने ४५ बर्षीय डाईमण्ड भन्ने प्रमोद चौधरी, संखुवासभा बाह्रबिसे गाउँपालिका ६ घर हाल इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा डेरा गरी बस्ने बर्ष ३० को चिरञ्जिवी राई, मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष २२ को मिशन राई, भोजपुर पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ घर भई हाल इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा डेरा गरी बस्ने बर्ष ३० को नगेन्द्र राई र मोरङ सुन्दरहरैचा नपा ७ बस्ने ३१ वर्षीय सन्तोष राईलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार स्थानीय खगेन्द्र थापाले सञ्चालन गरेको सुन पसल लुटने योजनामा प्रयोग गरिएका एसएजी एक थान त्यसमा प्रयोग हुने म्यागाजिन त्यसैगरी गोली ६२ राउण्ड, त्यसैगरी अटोमेटिक कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने म्गाग्जिन र गोली दुई राउण्ड, ३०३ राइफलको चार राउण्ड गोली, एक थान कटुवा पेस्ताल र सञ्चार सेट समेत बरामद गरेको छ ।  

त्यसैगरी सुन पसल लुट्ने प्रयासमा  प्रयोग गरीएका  ९१० को २ ह २७३६ नम्बरको अटो रिक्सा, प्रदेश १–०२–०४४ प ५९९५ मोटरसाइकल, को २० प १८६ मोटरसाइकलको ८ प ६५८३ मोटरसाइकल, को २१ प ६७०३ मोटरसाइकल र विभिन्न ब्राण्डका मोवाइल ८ थान साथै नगद रू १६ हजार १ सय बरामद गरेको छ ।

गएको साउन १ गते उनीहरुको समूहले  दिउँसो हतियार देखाउँदै शिव पाञ्चायन ज्वेलर्समा लुटपाटको प्रयास भएको थियो । ज्वेलर्सभित्र प्रवेश गरी स्वचालित हतियार स्टर्लिङ मेसिन देखाउँदै सुन लुट्ने प्रयास गर्दा स्थानीयको अवरोधका कारण  असफल भएपछि उनीहरु त्यहाँबाट भागेका थिए । घटनापछि अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ, १ नं प्रदेश प्रहरी कार्यालयको समूह र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टिम परिचालित गरी सुन पसल लुट्न प्रयास गर्ने समूहको खोजी गरेको थियो । घटना भएको १२ औ दिनपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप