गण्डकीमा ६२५ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ६२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३०७ जनाको नमुना परीक्षण गरिएकामा ६२५ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २९० महिला र ३३५ जना पुरुष रहेका छन् ।
प्रदेशका ९ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनकाअनुसार कास्की २५५, बागलुङ ६३, स्याङ्जा ५०, म्यादी ३२, पर्वत २१, गोरखा ४७, लमजुङ २०, तनहुँमा ६० र नवलपुरमा ७७ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६६ हजार २८९ पुगेको छ ।
प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१७ का ७९ वर्षीय पुरुष, पोखरा–८ का ७० वर्षीय पुरुष, पोखरा–३३ की ८६ वर्षीय महिला र कास्कीको रुपा गाउँपालिका –४ की ५४ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा पोखराका विभिन्न अस्पतालमा मृत्यु भएको छ ।
त्यसैगरी बागलुङ नगरपालिका –१ का ८६ वर्षीय पुरुष, स्याङजा फेदीखोला–१ का ३६ बर्षीय पुरुष, विरुवा –२ की ६० बर्षीय महिला र नवलपरासी पूर्व कावासोती–८ की ७० बर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४ जना पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ३७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३७० पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ३ हजार ८४५ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा उद्योग र कम्पनी दर्ताको दर घट्दो
-
जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
-
मकवानपुरको सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते
-
आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता
-
आमाको नामबाट नागरिकता लिन सकस, दशकदेखि धाउँदा पनि सुन्दैन सरकार
-
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना