शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘हामी देश बचाऔँ’ गीतमा राजेश हमाल

बुधबार, १३ साउन २०७८, १६ : ४१
बुधबार, १३ साउन २०७८

अभिनेता राजेश हमालले निषेधाज्ञा पछि अभिनय गरेको पहिलो म्युजिक भिडियो ‘हामी देश बचाऔं’ सार्वजनिक भएको छ । अजय कार्कीको स्वर रहेको गीतको भिडियोमा हमालको अलवा शिशिर भण्डारी, मोडल दीपेन्द्र सोनाम, गीता ढुंगाना, कविता न्यौपाने, सुनिम गुरुङ, सरोन गुरुङ, एन्जेल गुरुङ, जोस्ना थापामगर लगायतको अभिनय देख्न सकिन्छ । 

देश बचाउन र देश बनाउन आग्रह गरिएको गीतमा शब्द, संगीत समेत गायक अजयकै रहेको छ । गीतमा सन्जिव बराइलीको संगीत संयोजन गरेका छन् । भिडियो निरेन श्रेष्ठले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको गीतको भिडियो अमोन रानाको कोरियोग्राफी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप