सशस्त्रका डिआईजी प्रविन श्रेष्ठको रिटमा अन्तरिम आदेशको निरन्तरता भएन, अवकाश पाउने
सशस्त्र प्रहरी बलका पूर्व डिआइजी प्रवीणकुमार श्रेष्ठको मुद्दामा अन्तरिम आदेशको निरन्तरता दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र डा. कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेशको निरन्तरता दिन अस्वीकार गरेको हो ।
यसअघि शुक्रबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अवकाश पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेश दिन अस्वीकार गरे लगत्तै डिआइजी श्रेष्ठ पदमुक्त भएका छन् ।
उमेर हद र सेवाको समय बाँकी रहँदारहँदै पनि केपी ओली सरकारले म्याद थप नगरेका कारण डिआइजी श्रेष्ठले गत असार ९ गते सेवाबाट अवकाश पाएका थिए । आफूले थप एक वर्ष सेवा गर्न पाउनुपर्ने भन्दै श्रेष्ठ सर्वोच्च अदालतमा पुगेका थिए ।
अदालतबाट अन्तरिम आदेशको निरन्तरता नहुने भएपछि अब उनले सेवाबाट अवकाश पाउनेछन् । सेवा अवधि थप भएको भए उनी सशस्त्र प्रहरी महानिरीक्षकको प्रमुख दाबेदार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल