काँग्रेसमा क्रियाशील सदस्यता विवाद : अधुरा काम फेरि समितिलाई जिम्मा

नेपाली काँग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवादमा सहमति हुन बाँकी रहेका विषयलाई टुंगोमा पुर्याउन क्रियाशील सदस्यता छानविन समितिलाई नै जिम्मा लगाएको छ ।
बुधबार सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार क्रियाशील सदस्यतासम्बन्धी अधुरा विषय पुरा गर्न बिहीबार ३ बजेसम्ममा छानविन समितिका सदस्यहरुलाई जिम्मा दिएकाले त्यसपछि पार्टीले आफ्नो निर्णय गर्ने बताए ।
‘क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमाथि छलफल सुरु भएको छ । साढे चार घण्टा विषयगत, समिक्षा भयो । नेताहरुले आआफ्ना धारणा राख्नुभयो’, प्रवक्ता शर्माले भने, ‘छानविन समितिका साथीहरुले प्रतिवेदन हेरेर अधुरा काम हेर्न जिम्मेवारी दिएको छ र त्यसपछि पार्टीले निर्णय गर्नेछ । अर्को बैठक २ बजे बस्नेछौ ।’
काँग्रेसमा नयाँ क्रियाशील सदस्यता वितरणमा केही जिल्लामा विवाद छ । हिजो मात्रै क्रियाशिल सदस्यता छानविन समितिले नयाँ पुरा गरी ८ लाख बढी क्रियाशील सदस्य रहेको प्रतिवेदन बुझाएको थियो ।
काँग्रेसले आगामी भदौ १६ गते राष्ट्रिय महाधिवेशन गर्ने जनाएको छ । तर, स्थानीय निकायको कार्यतालिका प्रभावित हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फागुन २० देखि लुम्बिनीमा त्रिपिटक वाचन गरिने
-
फिल्म ‘आउटलः दफा २१९’ले 'र्याप प्रतियोगिता' गर्ने
-
काठमाडौँ महानगरपालिकाद्वारा ७३ बालबालिकाको उद्धार
-
चितवन पुगेर नारायणकाजीले भने– मलाई बोल्न अवरोध गर्न खोजियो
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकमा ५ विषयमा छलफल: ट्रम्पको प्रशंसा, ओलीको आलोचना
-
कंगोमा जारी युद्धमा ७ हजार मारिए