राष्ट्रियसभामा राष्ट्रिय सरोकार प्रतिवेदन पेश
राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिको २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा समितिका सभापति दिलकुमारी रावलले समितिको वार्षिक प्रतिवेदन पेश गरेकी हुन् । समितिले कोभिड–१९ महामारीसँग जुध्न सरोकार पक्षसँग छलफल गर्न आवश्यक निर्देशन दिएको थियो ।
समितिले अघिल्लो आर्थिक वर्षमा कोभिडको प्रभाव र आगामी रणनीतिबारे सरोकार विज्ञसँग छलफल गरेको थियो । कतिपय पूर्वनिर्धारित कार्यक्रम महामारीका कारण सम्पन्न गर्न नसकिएको सभापति रावलले जानकारी दिइन् । एक वर्षका अवधिमा समितिका २५ बैठक र समिति मातहतका उपसमितिका २७ बैठक बसेका थिए ।
राष्ट्रियसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजनसम्बन्धी नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ पारित गर्ने कार्यसूची रहे पनि हटाइएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन १८ गते अपराह्न १ः ०० बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)