उपेन्द्र यादवको माइन्युटमा महन्थ ठाकुर पक्षको नाम
![उपेन्द्र यादवको माइन्युटमा महन्थ ठाकुर पक्षको नाम](https://rpcdn.ratopati.com/media/albums/Mahantha-Thakur-after-UDMF-leaders-meeting-with-PM-Dahal_IE4Ipq2KLu.jpg)
जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपनि महन्थ ठाकुर पक्षको कार्यकारिणीलाई के गर्ने भनि पार्टीमै अन्योल कायमै छ ।
जसपा कार्यकारिणी समितिको बैठक हिजोदेखि जारी रहेपनि यसबारे कुनै निर्णय भइसकेको छैन । नेताहरुका अनुसार जारी बैठकको माइन्युटमा अझै महन्थ ठाकुर पक्षको नाम राखिएको छ । बैठकमा सहभागी एक नेताका अनुसार जसपा कार्यकारिणी समितिको माइन्युटमा ५१ जना सदस्यको नाम नै उल्लेख रहेको हो।
तर उनीहरुलाई बैठकमा भने बोलाइएको थिएन । आधिकारिकताका लागि उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका ३४ जनालाई मात्र बैठकमा बोलाइएको हो ।
निर्वाचन आयोगको आदेशमा उपेन्द्र यादवलाई आधिकारिकता दिएपनि ५१ सदस्यीय कार्यकारिणी समितिलाई मान्यता दिइएको छ । त्यो मान्यता दिएको कारण भोली कुनै कानुनी उल्झन नहोस् भनेर माइन्युटमा महन्थ ठाकुर पक्षका १६ र तटस्थ बसेका रेशम चौधरीको नाम पनि राखिएको बुझिएको छ ।
यता, महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य तथा सांसदहरुले अझै पनि जसपामा रहेको कारण यादवले बैठकमा बोलाउलान् कि भनेर मंगलबार प्रतिक्षामा बसेका थिए । तर यादवले नबोलाएपछि बल्ल उनीहरुले पनि आफ्नो पक्षको बैठक तीन बजेदेखि सुरु गरेका थिए ।
महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य अकवाल अहमदले भने, ‘पार्टी विभाजनको माग हाम्रो थिएन, पुरानो कमिटीलाई आधिकारिकता दिने कि नयाँ कमिटीलाई आधिकारिकता दिने भन्ने विवाद थियो, आयोगले पुरानो कमिटीलाई मान्यता दिएपछि त्यो कमिटीको बैठकमा सबैलाई बोलाउनुपर्ने थियो तर बोलाइएन । यसको अर्थ उपेन्द्र यादवले विभाजन चाहेको कुरा प्रष्ट हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
कप्तानसँगै प्रभावशाली खेलाडीहरुको अनुपस्थितिले अस्ट्रेलियन टोली दवावमा
-
विपिन रिहाइका लागि इरानका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री आरजुको फोन
-
गण्डकी प्रदेशको पिर : खर्च गर्ने पैसा छैन, घाटाको बजेट ल्याउनुपर्ने बाध्यता
-
किन भएन अपेक्षाकृत बजेट खर्च ?
-
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय खारेज गर्नुपर्छ : अर्थविद् पौडेल