नेपाल पत्रकार मञ्चलाई सहयोग
बोधिसत्व विहार काठमाडौँले कोभिड–१९ का कारण परेको प्रभाव न्यूनीकरण गर्न सहजीकरण गर्ने उद्देश्यले नेपाल पत्रकार मञ्चलाई खाद्य सामग्री ‘फूड अफ लभ’ प्रदान गरेको छ ।
सोमबार सामामुखीस्थित लुनार सेकेण्डरी स्कूलमा आयोजित एक कार्यक्रममा नेपाल पत्रकार मञ्चलाई विहारका अध्यक्ष हुवाइ गुयाङले ‘फूड अफ लभ’ हस्तान्तरण गरे ।
उक्त कार्यक्रमा विहारका अध्यक्ष गुयाङले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ बाट परेको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव न्यूनीकरण गर्न सहयोगी भूमिका खेल्ने पत्रकारहरुका लागि मानवीय सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । उनले भने, ‘म बुद्धको अनुयायी भएकाले पनि विश्वभरि शान्तिको सन्देश प्रवाह गर्ने क्रममा नेपाली समुदायमा अहिलेको विषम परिस्थितिमा सहयोगी हात मार्फत जोडिन पाउँदा मलाई अत्यन्त खुशी लागेको छ ।’
विहारबाट प्राप्त ‘फूड अफ लभ’ सोमबार नै नेपाल पत्रकार मञ्च आबद्ध पत्रकारलाई वितरण गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा