काँग्रेस सांसदको प्रश्न– जबज दुनियाँको कुन कम्युनिस्ट पार्टीले स्वीकार गरेको छ ?
राष्ट्रियसभामा नेपाली काँग्रेसका सांसद जितेन्द्र नारायण देवले नेकपा एमालेका सांसदहरुलाई जनताको बहुदलीय जनवाद (जबज) दुनियाँको अन्य कुन मुलुकको कम्युनिस्ट पार्टीले स्वीकार गरेको छ भनेर प्रश्न गरेका छन् ।
राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा उनले एमालेले अंगिकार गर्दै आएको जबज विश्वका कुनै पनि मुलुकमा नभएको तर्क गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले वर्तमान सरकार परमादेशबाट बनेको भन्दै विश्वको कुनै पनि मुलुकमा यसरी परमादेशबाट सरकार नबनेको टिप्पणी गरेपछि काँग्रेसका सांसद देवले जबजचाहिँ विश्वको कुन मुलुकका कम्युनिस्ट पार्टीले अंगिकार गरेका छन् भनेर प्रतिप्रश्न गरेका हुन् ।
उनले भने, ‘कहीँ दुनियाँमा नभएको जबज नेपालको कम्युनिस्ट पार्टीले स्वीकार गरेको छ, दुनियाँमा कहीँ यस्तो सिद्धान्त नभए पनि यहाँ अंगीकार भएको छ, त्यसैले परामादेशबाट सरकार बनेको अवस्था पनि दुनियाँमा कहीँ नभएर नेपालमा हुनु के अनौठो भयो ?’
उनले दुनियाँमा नभएका कुरा नेपालमा पनि हुन सक्दैन भन्न नमिल्ने तर्क गरे । उनले भने, ‘दुनियाँमा नभएको कुरा यहाँ हुन्छ, भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना सम्भव छैनः मन्त्री श्रेष्ठ
-
सर्वोच्च परिसरबाट तारा बरालसहित ६ जना पक्राउ
-
मधेश सरकारबाट माओवादीका दुई मन्त्रीले दिए राजीनामा
-
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको तयारी
-
सहकारी ठगीमा संसदीय छानबिन समिति उपयुक्त छैन : कानुनमन्त्री गिरी
-
नर्सिङ संघको कार्यक्रममा देखिएनन् स्वास्थ्यमन्त्री