बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद पदबाट हटाउने निर्णय बदरको माग गर्दै पूर्वमाओवादीका ४ नेता सर्वोच्चमा

बुधबार, १३ साउन २०७८, १४ : ५५
बुधबार, १३ साउन २०७८

प्रतिनिधि सभा सदस्य (सांसद)को रुपमा कामकाज गर्न पाउनुपर्ने माग गर्दै पूर्व माओवादीका ४ नेता सर्वोच्च अदालत पुगेका छन् । आफूलाई स्पष्टीकरणसमेत नसोधी सांसद पदबाट हटाइएको भन्दै पुनर्बहालीको माग गर्दै उनीहरु सर्वोच्च अदालत पुगेका हुन् । 

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार पूर्व माओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । उनीहरुले आफूहरुलाई स्पष्टीकरणको मौका पनि नदिई पार्टी र सांसद पदबाट निस्कासन गरिएको भन्दै सांसदकै रुपमा कामकाज गराउन माग गर्दै रिट दर्ता गराएका हुन् । 

चारै जनाको रिटको ब्यहोरासमेत एउटै रहेको छ । उनीहरुले आफू नेकपा एमालेमा आधिकारिकरुपले प्रवेश नगरेको, माओवादी केन्द्र नामक पार्टी नै अवैधानिक रहेको, त्यस्तो पार्टीले गर्ने कारवाही मान्य हुन नसक्ने भन्दै सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् । 

उनीहरुले मंगलबार नै रिट दर्ता गर्ने प्रयास गरेपनि मंगलबार रिट दर्ता हुन सकेको थिएन । बुधबार दर्ता गरिएको रिटको पेसी बिहीबारलाई तोकिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप