शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डारफोरबाट संयुक्त राष्ट्रसंघीय मिसनका शान्ति सैनिक फिर्ता

बुधबार, १३ साउन २०७८, १४ : ४०
बुधबार, १३ साउन २०७८

संयुक्त राष्ट्रसंघले डारफोरमा रहेको मिसनबाट शान्ति सैनिकहरु फिर्ता भएको जनाएको छ । सो कुराको जानकारी डारफोरमा रहेको संयुक्त राष्ट्रसंघ मिसनका लजिष्टिक प्रमुखले दिएका हुन्। डारफोरमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनका लजिष्टिक प्रमुख अतुल खारेले मंगलबार सो जानकारी दिएका छन् । उनले दक्षिण सुडानको डारफोरमा रहेको मिसनका सदस्यहरु हटेको जानकारी दिए ।

उनका अनुसार सो मिसनमा रहेका शान्ति सैन्य र अरु सबै कर्मचारीहरु पनि त्यहाँबाट हटेका बताइएको छ । त्यहाँ गएको १३ वर्षदेखि जारी रहेको हिंसाबाट यहाँका नागरिकलाई बचाउनका लागि संयुक्त राष्ट्रसंघीय मिसन शुरु भएको थियो । सो मिसनको अन्तिम समय सन् २०२० को डिसेम्बर ३१ सम्म मात्र रहेको थियो । तर हिंसा जारी नै रहेको भनेपछि यहाँका अधिकारीहरुले आजसम्म यो मिसन जारी राखेका थिए । तर मंगलबारदेखि ती मिसनका सबै सैनिक र कर्मचारी फिर्ता भएका बताइएको हो ।

गत जुन ३० मा त्यहाँका ६ हजार प्रहरी र सैनिक फिर्ता भएका थिए । अरु बाँकी रहेका शान्ति सैनिक, प्रहरी र अरु कर्मचारीहरुले पनि मंगलबार सुडान छोडिसकेका छन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप