शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक सिंहदरबारमा ओली

बुधबार, १३ साउन २०७८, १४ : ३१
बुधबार, १३ साउन २०७८


नेकपा एमाले अध्यक्ष केपी ओली सिंहदरबार पुगेका छन् । ओली ओली बुधबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेका हुन् ।

प्रधानमन्त्रीबाट बाहिरिएपछि उनी पहिलो पटक सिंहदरबार आएका हुन् । प्रधानमन्त्री पदमा रहँदा ओली बिरलै सिंहदरबार पुग्थे । एमाले नेताहरुका अनुसार उनी भेटघाटका लागि सिंहदरबार पुगेका हुन् ।

ओलीले केही नेताहरूसँग समसामयिक विषयमा कुराकानी गर्दैछन् ।  संसदीय दलको कार्यालयमा ओली आएसँगै नेताहरूको चहलपहल बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप