सांसद पद जोगाइदिन माग गर्दै टोपबहादुर पुगे सर्वोच्च, बिहीबार पेसी
नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझी सांसद पद कायम नै राखिदिन माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । बुधबार सर्वोच्च अदालत पुगेर रायमाझीले मुद्दाको टुङ्गो नलागेसम्म प्रतिनिधि सभा सदस्यकै रूपमा कामकाज गर्न पाउँ भन्दै रिट दर्ता गराएका हुन् ।
माओवादी केन्द्रको पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझीलगायत पूर्व माओवादी नेताहरूको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको जानकारी गराएका थिए । त्यस लगत्तै उनीहरूको सांसद पद रिक्त भएको थियो ।
कारबाही भएको र सांसद पदबाट हटाएको झन्डै ४ महिनापछि रायमाझी सर्वोच्च अदालतमा गुहार माग्न पुगेका हुन् ।
रायमाझीले माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, अध्यक्ष पुष्पकमल दाहाल, निर्वाचन आयोग, संसद् सचिवालय, प्रतिनिधि सभाका सभामुख लगायतलाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशको माग गरेका हुन् । सर्वोच्च अदालतले रायमाझीको रिट बिहीबारका लागि पेसीमा चढाएको छ ।
हेर्नुहोस्, रायमाझीले दायर गरेका रिटः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण