बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बनेपाबाट ७ लाख नगद सहित ११ जना जुवाडे पक्राउ

बुधबार, १३ साउन २०७८, १३ : १८
बुधबार, १३ साउन २०७८

काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट प्रहरीले जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । बनेपा नगरपालिका–११ स्थित जुवा खालबाट ७ लाख १५ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले रातोपाटीलाई बताए ।

स्थानिय थोप्चेन तामाङको घरमा जुवा खेलिरहेका बनेपा घर भएका कृष्ण केसी, सुमन अधिकारी, गणेश थापा, अनिल मुस्याजु, रोशी गाउँपालिका घर भएका पाराङ लामा उर्फ खड्ग सिं र हिरा लामा सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुवा खालबाट प्रहरीले १४ बुक तास बरामद गरेको छ । उनीहरुमाथि जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप