जसपा बैठक बस्दै, महन्थ पक्षबारे ठोस निर्णय हुने
बुधबार, १३ साउन २०७८, १३ : ०७
जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठक आजपनि बस्दैछ । बालकुमारीस्थित पार्टी कार्यालयमा १ बजे बस्न लागेको बैठकले ५१ सदस्यीय कार्यकारिणी समितिमा रहेका महन्थ ठाकुर पक्षका १६ जना नेतालाई के गर्ने विषयमा ठोस निर्णय हुनेछ ।
५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये १६ जनाले जसपाको आधिकारिकताको विपक्षमा मतदान गरेका थिए भने रेशम चौधरी तटस्थ बसेका छन् । महन्थ ठाकुर पक्षले आफूहरु अझै जसपामा नै रहेको दावी गर्दै आइरहेको कारणले जसपाले उनीहरुको बारेमा आज केही स्पष्ट पार्ने कार्यकारिणी सदस्य रामसहाय यादवले बताए ।
यद्यपी हिजो नै जसपामा हाल ३४ सदस्यीय कार्यकारिणी समिति कायम गरेको छ ।
साथै, जसपाको आधिकारिकता पाएपछि त्यसको विस्तार तथा समायोजन तथा संघीय सरकारमा मन्त्री पठाउने लगायतका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?