शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डाँका मुद्दामा फरार प्रतिवादी पक्राउ

बुधबार, १३ साउन २०७८, १२ : ५५
बुधबार, १३ साउन २०७८

डाँका मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले धनुषाको विदेह नगरपालिका–८ ठाडीबाट पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका घर भएका ४० वर्षीय चन्दन पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७७ चैतमा चन्दन समेत मिलेर सिरहाको लहान नगरपालिका–७ स्थित सुनचाँदी ब्यवसायी राजेश सारडालाई कञ्चटमा पेस्तोल तेर्स्याएर सुनचाँदी लुटेर भागेका थिए । सो घटनामा संलग्न पासवानलाई प्रदेश–२ प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खजुरी मातहतको टोलीले मंगलबार पक्राउ गरेको हो । आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागी इलाका प्रहरी कार्यालय लहानमा पठाइएको छ ।

पासवानले यसअघि २०६७ मा रुपन्देहीको तत्कालिन चिल्हिया गाविस–६ स्थित फत्तेसिंह राणा र उत्तरकुमार श्रेष्ठको घरमा पनि डकैती गरेर भागेका थिए । महोत्तरी प्रहरीमा पनि उनीविरुद्ध डाँका मुद्दा दर्ता भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप