१ किलो १ सय ६५ ग्राम सुन सहित विमानस्थलबाट पक्राउ
बुधबार, १३ साउन २०७८, १२ : २७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो १ सय ६५ ग्राम सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका गोरखा घर भएका २८ वर्षीय पदम परियारलाई विमानस्थलमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थलस्थित आन्तरिकतर्फको भन्सारमा जाँच गर्ने क्रममा सुटकेशभित्र फलामे धातुको कप आकारको वस्तुमा उक्त सुन लुकाई ल्याउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई उक्त सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण