शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा कोरोना संक्रमण बढ्न थाल्यो

बुधबार, १३ साउन २०७८, ११ : ५१
बुधबार, १३ साउन २०७८

भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९६६ जनामा कोरोना संक्रमण पाइएको छ ।

२४ घण्टाभित्र कोरोना संक्रमणबाट ६४१ जनाको मृत्यु भएको छ भने ४१ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।

भारतको केरलमा कोरोना संक्रमणको अवस्था बढ्दो छ । मंगलबार सो राज्यमा २२ हजार १२९ संक्रमित थपिएका छन् । केरलमा एकै दिनमा यति धेरै संक्रमित भएको दुई महिना यताकै पहिलो पटक हो । यसअघि गत मे २९ मा केरलमा एकै दिन २३ हजार ५१३ जना संक्रमित पाइएका थिए ।

भारतमा अहिलेसम्म ३ करोड १४ लाखभन्दा बढी संक्रमित भएका छन् । तीमध्ये ३ करोड ६ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा कोरोना संक्रमणबाट ४ लाख २२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पश्चिम बंगाल, हिमाचल प्रदेश, झारखण्ड, ओडिशा, तमिलनाडु, मिजोरम, गोवा र पुडुचेरी राज्यमा अहिले पनि पूर्ण लकडाउनसरहको प्रतिबन्ध लगाइएको छ । यस्तै २३ राज्य तथा केन्द्र शासित प्रदेशमा भने आंशिक लकडाउन लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप