पौडीमा आज गौरिकाले प्रतिस्पर्धा गर्दै
बुधबार, १३ साउन २०७८, ११ : २६
टोकियो ओलम्पिकअन्तर्गत नेपाली समयअनुसार आज दिउँसो ३ः४५ बजे पौडिवाज गौरिका सिंहले १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्दैछिन् । प्रतिस्पर्धामा ५२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् र शीर्ष १६ स्थानमा रहने खेलाडी हिट चरणबाट दोस्रो चरणमा छनोट हुनेछन् ।
सय मिटर फ्रिस्टायलमा गौरिकाको नाममा नेपालको राष्ट्रिय कीर्तिमान छ । उनले १३ औँ सागमा ५८.१३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । टोकियोमा आफ्नो टाइमिङ सुधार्ने गौरिकाको लक्ष्य छ ।
टोकियो ओलम्पिकमा मङ्गलबार नेपाली पूरुष खेलाडी एलेक्जान्डर शाहले सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । सय मिटर फिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पौडिएका थिए । तर उनी दोस्रो चरणमा भने पुग्न सकेनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै