शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘ओई ओई लालुमै’ : शङ्कर र अञ्जलीको तीज गीत

बुधबार, १३ साउन २०७८, ११ : १९
बुधबार, १३ साउन २०७८

शङ्कर बिसी र अञ्जली अधिकारीको अभिनय रहेको तीज गीत ‘ओई ओई लालुमै’ सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द तथा खेम सेन्चुरीको लय रहेको गीतमा खेम सेन्चुरी र देवी घर्ती मगरको स्वर छ ।

विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीतको भिडियो पनि शङ्कर बिसीले नै निर्देशन गरेका हुन् । बिसीकै कोरियोग्राफी रहेको गीतमा दुर्गा पौडेलको छायाँंकन र विकास ज्ञवालीको सम्पादन छ ।

पशुपति म्युजिक प्रालिले आफ्नो युट्युबमार्फत बाहिर ल्याएको यो गीतका निर्माता शिव पौडेल हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप