अस्ट्रेलियाकी एरिअर्नेले टोकियोमा जितिन् दोस्रो स्वर्ण
अस्ट्रेलियाकी एरिअर्ने टिटमुसले २ सय मिटर फ्रिस्टायलतर्फ ओलम्पिक स्वर्ण जितेकी छिन् । उनले १ मिनेट ५३ दशमलव ५० सेकेन्डमा निर्धारीत दूरी पौडदैं स्वर्ण जितिन् । यसअघि उनले ४ सय मिटर फ्रिस्टायलमा पनि स्वर्ण जितेकी थिइन् ।
२ सय मिटर फ्रिस्टायलमा हङकङकी सियोबन ह्युजहे दोस्रो र क्यानेडाकी पेन्नी ओलेक्सियाक तेस्रो भए । यस स्पर्धामा डिफेन्डिङ च्याम्पियन अमेरिकी खेलाडी लिडिक्की पाँचौ स्थानमै सिमित भइन् । यद्यपी, लिडेक्कीले एक घण्टापछि नै १५ सय मिटर फ्रिस्टायलमा स्वर्ण जितिन् । समग्रमा यो लिडेक्कीले जितेको छैटौं ओलम्पिक स्वर्ण हो ।
उनले निर्धारित दूरी १५ मिनेट ३७ दशमलव ३४ सेकेन्डमा पार गरिन् । यस इभेन्टस्मा अमेरिकाकै इरिका सुलिभान दोस्रो भइन् ।
टिटमस र लिडेक्की अब ८ सय मिटर फ्रिस्टायलको प्रतिस्पर्धामा पनि आमने–सामने हुनेछन् । यो प्रतिस्पर्धा बिहीबार हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा