बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रकको टक्करबाट मोटरसाइकलमा सवार २ जनाको  मुत्यु

बुधबार, १३ साउन २०७८, ०८ : ४३
बुधबार, १३ साउन २०७८

झापाको दमकमा भएको सवारी दुर्घटनामा २ जनाको  मुत्यु गएको छ । मंगलबार राति साढे १० बजे भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार झापाको कनकाई नगरपालिका ३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय भिमा विष्टको ज्यान गरेको प्रहरीले जनाएको छ । 

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रवता सुमन तिमल्सिनाका अनुसार
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई दमक ९ स्थित शान्ति मार्ग नजिकै ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट पूर्णबहादुर र भिमा  गम्भीर घाइते भएकोमा  उनीहरूलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेको थिए । 

मोटरसाइकललाई ठक्कर दिने  ट्रक र चालकलाई दमक प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको तिम्सिनाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप