कर्णालीमा मिनी ट्रक खस्यो : चालक र सहचालकको घटनास्थलमै मृत्यु
मङ्गलबार, १२ साउन २०७८, २२ : २७

कर्णाली नदीमा मिनी ट्रक खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। ट्रक कर्णाली राजमार्ग अन्तरगत कालिकोटको शुभकालिका गाउँपालिकामा पर्ने एस मोडमा दुर्घटना भई कर्णाली नदीमा खसेको हो ।
ट्रक दुर्घटना हुँदा चालक दीपक साउद र सहचालक बाजुरा घर भएका वर्ष ३२ का रमेशबहादुर शाही रहेको कालिकोट प्रहरीले जनाएको छ। चालक साउदको भने ठेगाना खुलिसकेको छैन ।
उक्त ट्रक नेपालगञ्जबाट जुम्ला जाँदै गरेको थियो । जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चक्र शाहका अनुसार मिनी ट्रक सडकबाट झन्डै ३ सय मिटर तल कर्णाली नदीमा खसेको छ। दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?