‘विजनेस’ नभएको भन्दै सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चित

person explore access_timeसाउन १२, २०७८ chat_bubble_outline0


कुनै पनि ‘विजनेस’ नभएकोले सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्तर्गतको नियमित बैठक असार २७ गतेयता बस्न सकेको  छैन । गएको वैशाख २१ गते प्रदेशसभाको बजेट अधिवेशन शुरु भएको थियो । असार २७ गते बसेको प्रदेशसभाको बैठकपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको थियो । 
जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्थाका रूपमा स्थापित प्रदेशसभाको बैठक बस्न भएको ढिलाइसँगै प्रदेशका जनताको समसामयिक समस्या समाधानबारे छलफल हुन पाएको छैन । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले असार २७ गतेयता नयाँ कुनै पनि विधेयक दर्ता नभएको र समितिमा दफावार छलफलका लागि गएका विधेयकको छलफल नसकिएकाले बैठक बस्न ढिलाइ भएको बताए । 

उनले भने, “मिनी संसद् मानिने समितिको विजनेश चलिरहेरहेको छ, फुल संसद्को विजनेश छैन ।” सत्तापक्षीय प्रदेशसभा सदस्य लीलाधर भट्ट पनि सरकारले विजनेश दिन नसकेको कारण प्रदेशसभाको बैठक बस्न ढिलाइ भएको स्वीकार्छन् । “विजनेश नभएर बैठक बस्न नसकेको हो”, उनले भने ।  सरकारले सदनमा टेबुल गरेको सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि प्रदेशसभाका सम्बन्धित समितिमा हाल दफावार छलफल भइरहेको जनाइएको छ । 

प्रदेशसभाको सम्बन्धित समितिमा दफावार छलफल भई तयार पारिएको सुदूरपश्चिम प्रदेश पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयकबाहेक हाल अन्य कुनै विधेयक सचिवालयमा दर्ता भएको छैन । सुदूरपश्चिम प्रदेशसभाले काम गरेको गत साढे तीन वर्षमा सभाले पारित गरेका ५१ विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।