शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मलाका लागि न्याय माग्दै दीप प्रज्वलन, तस्विरमा हेर्नुहोस्

मङ्गलबार, १२ साउन २०७८, २० : १५
मङ्गलबार, १२ साउन २०७८

निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौँमा दीप प्रज्वलन गरिएको छ । पन्तको हत्या र बलात्कार भएको तीन वर्ष पुग्दा पनि दोषीमाथि कारवाही हुन सकेको छैन । सोही अवसरमा दीप प्रज्वलन गर्नुका साथै दोषीमाथि कारवाहीको माग गरिएको हो ।

नेपाल प्रहरीको अहिलेसम्मकै महँगो अनुसन्धान बनेको निर्मला पन्त बलात्कार तथा हत्याकाण्डमा हालसम्म प्रहरीले सफलता प्राप्त गर्न सकेको छैन । २०७५ साल साउन १० गते उल्टाखाम, महेन्द्रनगरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो । घर नजिकै रहेको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । पोष्टमार्टम रिपोर्टले निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको थियो ।​ २०७५ साल साउन १० गते भएको घटनाको आइतबार ३ वर्ष पुगेको छ । ​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप