लुम्बिनी प्रदेशका तीन मन्त्री जसपाबाट निष्कासित
जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका तीन जना मन्त्रीलाई पार्टीबाट निष्काशन गरेको छ ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई पार्टीबाट निष्काशन गरिएको जसपाका कार्यकारिणी सदस्य इस्तियाक राईले बताए ।
उनीहरुलाई प्रदेश संसदीय दलले जारी गरेको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले यसअघि नै स्पष्टीकरण सोधेको थियो । पार्टीलाई जवाफ नदिएका कारण पार्टीको विधानअनुसार उनीहरुलाई निष्काशन गरिएको राईले बताए ।
त्यसैगरी, जसपा कार्यकारिणी समितिको बैठकले संसदीय दलको विधान अनुमोदन गरेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा मंगलबार बसेको बैठकले संसदीय दलको विधान अनुमोदन गरेको हो ।
बैठकले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिमा नवराज सुवेदी, रमेश यादव र सुशीला श्रेष्ठ छन् ।
बैठकले निर्वाचन आयोग र सर्वोच्च अदालतमा रहेका मुद्दालाई हेर्ने जिम्मेवारी पार्टीका कार्यालय सचिव एवं कार्यकारिणी सदस्य प्रकाश अधिकारीलाई दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण