को हुन् गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ ?
देउवा सरकारले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा नियुक्तिको सिफारिस गरेका पृथ्वीमान गुरुङको नाम धेरैले चिनेका छैनन् । गण्डकीमै जन्मेका भए पनि उनको नाम प्रदेशवासीका लागि नौलो हो । हाल उनी वागमती प्रदेशका बासिन्दा हुन् ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले चितवन निवासी गुरुङलाई गण्डकी प्रदेशको प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । चितवनकै अर्का कम्युनिस्ट नेता अमिक शेरचन लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएका छन् ।
माओवादीको कोटामा परेका अमिक शेरचन सबैका लागि चिर परिचित नाम भएता पनि काँग्रेसको कोटाबाट प्रदेश प्रमुखमा सिफारिस भएका पृथ्वीमान गुरुङ चाहिँ धेरैका लागि नयाँ नाम हो ।
को हुन् पृथ्वीमान ?
गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका पृथ्बीमान गुरुङ कास्की पुर्ख्यौली थलो भएका चितवनको भरतपुर महानगरपालिका–२६ निवासी काँग्रेसका नेता हुन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवन बसाइसराइ सँगै चितवन काँग्रेसको राजनीतिमा विगत लामोसमय देखि सक्रिय रहँदै आएका छन् । उनी चितवन काँग्रेसका पुराना नेताका रुपमा परिचित छन् ।
काँग्रेस विभाजन भएका बेला गुरुङ देउवाको प्रजातान्त्रिक काँग्रेस चितवनको सभापति भएका थिए । उनी नेपाली काँग्रेसको महासमिति सदस्य हुन् । उनी काँग्रेसमा सभापति शेरबहादुर देउवाको गुटका नेता हुन् ।
गुरुङले वि.सं.२०३६ सालमा पृथ्वी नारायण क्याम्पसमा अध्यापन समेत गरेका थिए । उनी शहीद हरिप्रसाद गुरुङका सन्तान हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ