शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहेँलो धातुसहित एक जना पक्राउ

मङ्गलबार, १२ साउन २०७८, १७ : ५२
मङ्गलबार, १२ साउन २०७८

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको धातुसहित एक जना पक्राउ परेका छन् । 

मंगलबार हिमालय एयरको उडानद्वारा दुवईबाट काठमाडौँ आउँदै गरेका गोरखा जिल्ला स्थायी घर भएका पदम परियार पक्राउ परेका हुन् । 

परियारको गतिविधि शंकास्पद देखिएपछि एक्स रे मा चेकजाँच गर्ने क्रममा कफि मेकरभित्र फलामे कप आकारको ३ पत्रले बनेको धातुमा बीचको पत्र सुन जस्तो देखिने धातु बरामद भएको प्रहरीले जनाएको छ । उक्त धातुको तौल ११६५ ग्राम रहेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप