शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बबरमहलमा महन्थ ठाकुर पक्षको बैठक चल्दै

मङ्गलबार, १२ साउन २०७८, १६ : २२
मङ्गलबार, १२ साउन २०७८

 महन्थ ठाकुर पक्षको आन्तरिक बैठक बबरमहल जारी रहेको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको आधिकारिकता उपेन्द्र यादवलाई दिइसकेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा ठाकुर पक्षका कार्यकारिणी सदस्य तथा सांसदहरुको बैठक बबरमहलमा बसिरहेको हो ।
प्रदेश २ का सांसद समेत रहेका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले यो कुनै औपचारिक बैठक नभइ पार्टीमा उत्पन्न वर्तमान परिस्थितिको बारेमा छलफलका लागि आन्तरिक छलफल भएको बताए । 

  निर्वाचन आयोगले गरेको निर्णयलाई अध्ययन गर्नुको साथै अगामी यात्रा कसरी तय गर्ने  भन्नेबारे छलफल भइरहेको उनले बताए ।

प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाले पनि यादवले जसपाको आधिकारिकता पाइसकेपछि अब के गर्ने विषयमा पनि छलफल भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप