सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीसँग अमेरिकी राजदूतले भने, ‘कोभिड विरुद्धको लडाईंमा अमेरिका नेपालको साथमा छ’

मङ्गलबार, १२ साउन २०७८, १६ : १०
मङ्गलबार, १२ साउन २०७८

नेपालका लागि अमेरिकी राजदुत -यान्डी बेरीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविश्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे ।   

उनले कोभिड विरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे ।  मन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा संचालित परियोजनाहरुको कार्यन्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले ध्यान पु¥याउने प्रतिवद्धता व्यक्त गरे । 

भेटको क्रममा राजदुत बेरीले कोभिड विरुद्धको लडाईंमा अमेरिका नेपालको साथमा रहेको बताए ।  विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।  कोभिड विरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप