शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२९ अङ्कले बढ्यो नेप्से, बैंकिङ तथा माइक्रोफाइनान्सले गुमाउँदा १५ अर्बको कारोबार

मङ्गलबार, १२ साउन २०७८, १५ : ३९
मङ्गलबार, १२ साउन २०७८

सेयर बजार परिसूचक नेप्से मंगलबार २९ अङ्क माथिले बढेको छ । गत सोमबारको ८.२४ अङ्कको करेक्सनसँगै आज मंगलबार नेप्से परिसूचक अधिकतम २९.२४ अङ्कले बढेर ३ हजार ७९.६७ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स समेत ३.१९ अङ्कले बढेर ५७४.३० विन्दुमा पुगेको छ । 

यस दिन बैंकिङ, ट्रेडिङ, होटल तथा पर्यटन र माइक्रोफाइनान्स बाहेकका सबै जसो समूह धनात्मक (पोजेटिभ) हुँदा १५ अर्ब माथिको कारोबार भएको छ । 

नेप्सेका अनुसार आज कुल २२५ कम्पनीका ३ करोड २३ लाख ५५ हजार कित्ता माथिको सेयर १ लाख ४१ हजार पटक भन्दा बढी किनबेच हुँदा १५ अर्ब १७ करोड माथिको कारोबार भएको छ । 

गत सोमबार ८.२४ अङ्कले घटेको बजारमा १४ अर्ब १३ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप