शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रसुवामा फाइवर टु द होम प्रविधिको टेलिफोन सेवा विस्तार हुँदै

मङ्गलबार, १२ साउन २०७८, १५ : २८
मङ्गलबार, १२ साउन २०७८

 रसुवामा नयाँ टेलिफोन लाइन विस्तार हुने भएको छ । अहिले सञ्चालनमा रहेको टेलिफोन सेवालाई विस्थापित गर्दै फाइवर टु द होम प्रविधिको टेलिफोन विस्तार हुने भएको हो । यसका लागि सर्भे कार्य सम्पन्न भएको नेपाल टेलिकम रसुवाका कार्यालय प्रमुख नरबहादुर खड्काले जानकारी दिए । 

उनका अनुसार कोरोना सङ्क्रमणका कारण नयाँ लाइन विस्तारमा केही ढिलाइ भएको छ । पहिलो चरणमा धुञ्चे, स्याफ्रुबेँसी एवं कालिकास्थान क्षेत्रमा पुरानो टेलिफोन लाइनलाई विस्थापित गरेर नयाँ प्रविधिको टेलिफोन विस्तार गर्ने कार्यतालिका तयार भएको छ । 

फाइवर टु द होम प्रविधिको लाइनबाट टेलिफोनसँगै एडिएसएल इन्टरनेट, मनोरञ्जन र टेलिभिजनसमेत गरी तीन प्रकारका सुविधा प्राप्त गर्न सक्ने बताइएको छ । पहिलो चरणमा यो प्रविधिको टेलिफोन लाइन ६१२ ग्राहकले प्राप्त गर्नेछन् । सीमावर्ती क्षेत्र टिमुरेमा जडान भएको ११८ ग्राहकलाई भने यो प्रविधि दोस्रो चरणमा उपलव्ध गराइने  प्रमुख खड्काले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप