शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साढे ५ किलो चरेशसहित कैलालीबाट दुईजना पक्राउ

मङ्गलबार, १२ साउन २०७८, १५ : १०
मङ्गलबार, १२ साउन २०७८

कैलालीको गौरिगंगा नगरपालिकाबाट प्रहरीले ५ किलो ५ सय ग्राम चरेश सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरिगंगा–११ घर भएका ४० वर्षीय गोरे धामी उर्फ गोरख र गोदावरी नगरपालिका–६ घर भएका धन बहादुर धामी छन् ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको संयुक्त टोलीले आरोपीहरुको साथबाट १ लाख २० हजार नगद पनि बरामद गरेको छ ।

पुर्वपश्चिम राजमार्गबाट पक्राउ परेका गोरे धामिको साथमा चरेश फेला परेको थियो । साढे ५ किलो चरेश धनबहादुरले दिएको बयानका आधारमा उनलाई गौरिगंगा–११ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) प्रतिक विष्टले रातोपाटीलाई बताए । उनिहरुबिरुद्ध लागु औषध मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप