शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरानी शरणार्थीले हराइन् दुईपटककी ओलम्पिक च्याम्पियनलाई

मङ्गलबार, १२ साउन २०७८, १४ : ३४
मङ्गलबार, १२ साउन २०७८

जनवरी २०२० मा किमिया अलिजादेहले देश छाडिन् । ईरानमा दमन खेप्ने दशौं लाख महिलामध्ये आफू एक रहेको महसुस उनलाई भइरहेको थियो । 

१८ महिनापछि उनले दुईपटककी ओलम्पिक च्याम्पियन बेलायतकी जादे जोन्सलाई टोकियो ओलम्पिकमा हराइन् । तर, ओलम्पिकमा उनी नौलो भने होइनन् । 

२०१६ को रियो ओलम्पिकमा उनले ईरानका लागि कास्य पदक जिताएकी थिइन् । तर, यसका बाबजुद उनले देशमा चैनका साथ बस्न पाइनन् । यी खेलाडीका अनुसार ओलम्पिकबाट घर फर्कनासाथ अधिकारीहरुले उनलाई खराब व्यवहार गरे । त्यसपछि ईरानमा बस्नुभन्दा शरणार्थी हुनु नै जायज लागेर उनी भागिन् । 

‘म उनीहरुका लागि महत्त्वपूर्ण थिइँन । हामीमध्ये कोही पनि उनीहरुका लािग महत्त्वपूर्ण थिएनौं,’ उनले भनिन् । 
उनी जर्मनी आइन् र शरण लिइन् । तर, ईरान सरकारले उनलाई तत्कालै निर्णय फिर्ता गर्न भन्यो । उनले सामाजिक सञ्जालमा पनि धेरै धम्कीहरु पाइन् । ‘यो निकै कठिन थियो । तपाईले देश बदल्नुभयो, भाषा बदल्नुभयो । सबै कुराहरु परिवर्तन भए र दिमागमा धेरै दबाबहरु रह्यो । मलाई लाग्छ, यो कठिन अवस्थामा तेक्वान्दोले धेरै सहयोग ग¥यो ।’

यी खेलाडीले जर्मनीबाटै प्रतिस्पर्धा गर्न खोजेकी थिइन् । तर, उनको ईरानी तेक्वान्दो एशोसियसनका कारण अन्य देशबाट सहभागी हुने उनको प्रयास सफल भएन । 

त्यहीकारण उनले शरणार्थीका रुपमा आफ्नो दोस्रो ओलम्पिक छनोट पूरा गरिन् र शरणार्थी टोलीको प्रतिनिधित्व गरिन् । यो टोलीमा आईओसीको छात्रवृत्ति पाएका २९ खेलाडीहरु छन् । 

शरणार्थी टोलीलाई पहिलो ओलम्पिक पदक जिताउन अभियानमा उनी निकै खरो उत्रिएकी थिइन् । तर, सेमिफाइनलमा रुसकी टाटिआना मिनिनासँग पराजित भएकी उनी काँस्य पदकका लागि भएको प्रतिस्पर्धा पनि पराजित भइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप