उत्तर र दक्षिण कोरियाबीच हटलाइन सेवा पुनः सुचारु
उत्तर र दक्षिण कोरियाबीच फेरि हटलाइन सेवा सुरु भएको छ । उत्तर कोरियाले पछिल्लो वर्षको जुनमा दुई देशबीचको हटलाइन सेवा बन्द गरेको थियो । दक्षिण कोरियाका राष्ट्रपति कार्यालयका अनुसार दुई देशका प्रमुखले फेरि भरोसा बनाउन र सम्बन्ध सुधार गर्न सहमति जनाएका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार दुई देशका प्रमुखबीच अप्रिल यता थुप्रै पटक पत्र आदान–प्रदान भइसकेका छन् । उत्तर र दक्षिण कोरियाबीच एक बैठक असफल भएपछि दुई देशबीचको सम्बन्ध खराब बनेको थियो । त्यसपछि उत्तरले सन् २०२० को जुनमा हटलाइन सेवा बन्द गर्ने फैला गरेको थियो ।
दुई देशबीच सन् २०१८ मा सम्बन्ध सुधारको प्रयास सुरु भएको थियो । त्यसबेला दक्षिण कोरियाली राष्ट्रपति मून जे–इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबीच तीन पटक भेटघाट भएको थियो ।
तर, किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दोस्रो बैठक असफल भएपछि उत्तर र दक्षिणको सम्बन्ध पनि चिसिएको थियो ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान