शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्लब छाड्ने चर्चाबीच प्रशिक्षणमा फर्किए रोनाल्डो

मङ्गलबार, १२ साउन २०७८, १३ : २९
मङ्गलबार, १२ साउन २०७८

क्रिस्टियानो रोनाल्डो युभेन्टससँग प्रशिक्षणमा फर्किएका छन् । यसअघि उनी क्लब छाड्ने चर्चा व्यापक चलेको थियो । युरो २०२० मा खेलेका कारण ३६ वर्षीय खेलाडी ढिला गरी प्रशिक्षणमा फर्किएका हुन् ।

प्रतियोगिता चलिरहँदा र प्रतियोगितापछि पनि पाँच पटकका बालोन डि’ओर विजेता खेलाडीले आगामी सिजन क्लब फुटबल कहाँबाट खेल्नेछन् भनेर बहस भएको थियो । तर, अहिले उनी पुनः इटाली फर्किएका छन् ।

रोनाल्डो आइतबार टुरिन फर्किएका हुन् । अन्तर्राष्ट्रिय ड्युटीपछि उनीसँगै डच डिफेन्डर म्याथियस डि लिट, फ्रेन्च मिडफिल्डर एड्रियन राबियोट र स्वीडिस फरवार्ड डेजान कुलुसेभ्स्की पनि प्रशिक्षणमा फर्किका छन् ।

सिरिए ए टोलीसँग रोनाल्डोको करार अन्तिम वर्षमा प्रवेश गरेको छ । उनी पुनः म्यान्चेस्टर युनाइटेड फर्किने र पेरिस सेन्ट जर्मेन जाने चर्चा निकै चल्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप