शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राज कुन्द्राले तयार गरेका थिए 'योजना-बी', प्रहरीले फेला पार्‍यो १२० अश्लिल फिल्म

मङ्गलबार, १२ साउन २०७८, १३ : २९
मङ्गलबार, १२ साउन २०७८

मुम्बईको अपराध शाखाले गत फेब्रअरीमा पोनोग्राफी मामिलाको भण्डाफोर गरेको थियो । पछिल्लो समय बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा भारतीय व्यवसायी राज कुन्द्रा मुछिएका छन् । प्रहरीले फेब्रअरीमा यो मामिलाको भण्डाफोर गरेपछि राज कुन्द्राले योजना बी का साथ तयार भएका थिए । 

अपराधले राजको अन्धेरीमा रहेको अफिसबाट १२० वटा अश्लिल फिल्म रिकभर गरेको छ  । फेब्रअरीमा प्रहरीले यो मामिलाको पर्दाफास गरेपछि राज कुन्द्राले योजना बी अनुसार फिल्म तयार गरेका थिए ।

राजले एप्सको नाम पनि सोचेका थिए । उनले उक्त एप्सको काम पनि सुरु गरेका प्रहरीले जनाएको छ । उक्त समयमा पुराना डाटाहरु डिलिट गरिएको थियो । यो फिल्मबाट राजको ग्रुपले राम्रो आम्दानी गरिरहेको थियो त्यसैले उनीहरु यो काम जारी राख्न चाहान्थे । 

मुम्बई अपराध शाखाले अन्धेरीस्थित अफिसमा छापा मार्दासम्म फिल्महरु धेरैजसो डिलिट गरिएको थियो । तर प्रहरीले डाटा रिकभर गरेर १२० फिल्म रिकभर गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप