सरकारले १० फिल्ममा लगानी गर्ने
सरकारले १० फिल्म निर्माणमा लगानी गर्ने भएको छ । मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्ने उद्देश्यले सरकारले फिल्ममा सहनिर्माताको रुपमा लगानी गर्ने भएको हो ।
चलचित्र विकास बोर्डले मंगलबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै यसको जानकारी दिएको हो । सूचनामा बोर्डले यो आर्थिक वर्ष ०७८/०७९ देखि दश फिल्ममा सह–लगानी गर्ने भनिएको छ । जसमा पाँच फिचर र पाँच छोटो फिल्म रहनेछ ।
मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्ने उदेश्यले चलचित्र विकास बोर्डले गत वर्ष स्टोरी बैंक समेत स्थापना गरेको थियो ।
यसअघि तीन फिचर र तीन छोटो फिल्ममा सह–लगानी गर्ने कार्यविधि संशोधन गर्दै बोर्डले साउनदेखि लागू हुने गरी फिल्मको संख्या बढाएको हो ।
कस्तो फिल्ममा र कति लगानी गर्ने भन्ने बिषयमा भने बोर्डले केही जानकारी दिएको छैन ।
अघिल्लो आर्थिक वर्षमा स्टोरी बैंकमार्फत तीन छोटो र तीन फिचर फिल्म छनौट भएका थिए । यी तीन फिल्मलाई निर्माणमा बोर्डले सहयोग गर्ने भएको छ । स्टोरी बैंकमा प्राप्त फिल्मबाट छनौट समितिले ६ फिल्म सिफरिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन