शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भरानलाई अनुबन्ध गर्न युनाइटेड र रियलबीच सहमति

मङ्गलबार, १२ साउन २०७८, १३ : १०
मङ्गलबार, १२ साउन २०७८

रियल म्याड्रिडका डिफेन्डर राफायल भरानलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेडले सहमति गरेको छ । गोल डटकमका अनुसार फ्रेन्च डिफेन्डरलाई अनुबन्ध गर्न दुई क्लबबीच ५.७ करोड डलरमा सहमति भएको हो । मेडिकलपछि अनुबन्धको प्रक्रिया पुरा गरिने समाचारमा उल्लेख छ ।

यो सिजन युनाइटेड भित्रिने भरान दोस्रो मुख्य खेलाडी हुन् । यसअघि, युनाइटेडले १०.१ करोड डलरमा जेडोन सान्चोलाई अनुबन्ध गरिसकेको छ । ​भरान सन् २०११ मा फ्रेन्च क्लब लेन्सबाट रियल आइपुगेका हुन् । त्यसयता उनले रियलसँग ३ वटा ला लिगाको उपाधिका साथै चारवटा च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

सन् २०१८ मा उनले फ्रान्ससँग विश्वकप जिते । हालसम्म उनले फ्रान्सका लागि ७९ खेल खेलिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप